सीआईएल काठमाडौंका बारेमा

Group photo of CIL- Kathmandu members and Staffs infront of a building.

अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र, काठमाडौं एक गैह्रनाफामुलक, गैह्रराजनीतिक तथा स्वावलम्बी संस्था हो । नेपालमा “स्वावलम्बन जीवन पद्धति अवधारणा” मार्फत अपाङ्गता अधिकार सम्वर्दन तथा संरक्षणका लागि क्रियाशील अपाङ्गता भएका व्यक्तिहरुबाट सञ्चालित पहिलो गैह्र सरकारी संस्था हो ।

चारवटा मुख्य विषयगत कार्यक्षेत्रहरु

१. पैरवी
२. दौंतरी सहायता
३. सचेतना
४. सहायक सेवा, सामाग्रीहरु तथा प्रविधि

सीआईएल काठमाडौंको प्रधान कार्यालय काठमाडाै महानगरपालिका वडा नं. ३१, ठूलो खरीको बोट, नयाँबानेश्वर काठमाडौंमा रहेको छ साथै यो संस्था नेपाल भरी आफ्ना सञ्जालका सदस्य संस्थाहरूमार्फत  स्वावलम्बन जीवन पद्धति अवधारणा प्रबर्दनका लागि क्रियाशील रहेको छ ।