सीआईएल काठमाडौंको ईतिहास

A man in a wheelchair infront of traditional newari building.

सीआईएल, काठमाडौंको स्थापना नेपालको ऐतिहासिक जनआन्दोलन सन् २००६ को समयमा क्रियाशील अपाङ्गता अधिकार अभियानका अभियन्ताहरुद्धारा भएको गरिएको हो ।

सन् २००५ सम्म पनि नेपाली मुलधारको राजनैतिक पृष्ठभुमिले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारमुखी अवधारणालाई अंगिकार गरिसकेको थिएन । देश सशष्त्र द्धन्द्धबाट आक्रान्त हुनुका साथै जनताहरु राजतन्त्रबाट स्वतन्त्रता पाउनका लागि जनआन्दोलनको तयारी गरिरहेका थिए । त्यस समयमा सीआईएल काठमाडौंले पनि अपाङ्गता भएका व्यक्तिहरुको जनआन्दोलनमा सहभागिता सहितको ऐक्यबद्धता जनाईसकेको थियो ।

त्यस्तै जनआन्दोलनको सफलता पश्चात सन् २००६ मा बदलिंदो राजनैतिक परिस्थितिको बेलामा सीआईएल काठमाडौं कानुनी रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको गरिएका हो ।

सीआईएल काठमाडौं अपाङ्गता भएका व्यक्तिहरुको अवरोधमुक्त वातावरणमा जीवनयापनका सन्दर्भमा अगुवाई गर्ने नेपालकै एकमात्र नेतृत्वदायी संस्थाको रुपमा कार्यरत छ । अपाङ्गता भएका व्यक्तिहरुबाट स्थापित र सञ्चालित सीआईएल काठमाडौं नेपालमा अपाङ्गता अधिकार स्थापनामा देखिएका चुनौतीहरुसँग परिचित हुनुका साथै परिवर्तनका लागि प्रेरित छ ।