एशिया ट्राई अभियान

Published on: June 22, 2017

Aisa Try Campaign

एशिया क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुबाट सञ्चालित निरन्तर अभियान हो एशिया ट्राई । यस अभियानको लक्ष्य अपाङ्गता भएका व्यक्तिहरुका लागि अवरोधमुक्त समाज निर्माणका लागि गति दिनुका साथै उनीहरुको समावेशीकरणको अधिकारका लागि स्वावलम्बन जीवन पद्धतिको अवधारणालाई उजागर गर्दै लैजानु रहेको छ । सन् २०१२ मार्च ९ देखी १२ सम्म यो अभियान नेपालमा आयोजना गरिएको थियो, जसको उद्घाटन सम्माननीय उप–राष्ट्रपति नन्द किशोर पुनबाट गरिएको थियो ।

२०० भन्दा बढी अशक्त तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरु तथा तिनका व्यक्तिगत सहयोगीहरुको समुहलाई पाँचवटा समुहमा बाँडेर काठमाडौं लगायत आसपासका चारवटा जिल्लाहरुबाट यात्रामय अभियान सञ्चालन गरिएको थियो । त्यस अभियानमा जापान, दक्षिण कोरिया, ताईवान, कम्बोडिया, मंगोलिया, पाकिस्तान, वंगलादेश तथा भारतका अभियन्ताहरुको सहभागिता रहेको थियो ।

गणेश के.सी., अध्यक्ष, सीआईएल काठमाडौं तथा कर्मचारीहरुको अहम् प्रयासबाट यस एशिया ट्राई अभियानका सार्वजनिक क्रियाकलापहरुको व्यवस्थापन, अपिल तथा पर्चापम्प्लेट वितरण गरिएको थियो । अभियान कार्यक्रमको अवसरमा सहभागीहरुबाट अभियानको क्रममा भोगिएका बाटो, फुटपाथ, सार्वजनिक शौचालय, सार्वजनिक भवनहरु, सेवा तथा सुविधाहरुका अवरोधहरुको वारेमा मन्तव्य समेत व्यक्त गरिएको थियो ।

यस अभियानले अपाङ्गता भएका व्यक्तिहरुको समाजमा पुर्ण र प्रभावकारी सहभागीता गराउन अवरोध हटाउनुका महत्वहरुलाई उजागर गरेको थियो ।