अवरोधमुक्त अभियान

Published on: June 22, 2017

A campaign rally organized by CIL-Kathmandu

अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त पुर्वाधार निर्माणमा आधारित निरन्तर अभियानको निरन्तरताको रुपमा यो अभियान रहेको छ ।  सन् २०१५ को यस अभियानमा विभिन्न क्षेत्रका साङ्ग तथा अपाङ्गता भएका व्यक्तिहरु, जिल्लास्तरीय सरकारी सेवकहरु, स्थानीय गैह्रसरकारी संस्थाका प्रतिनिधिहरु, मानव अधिकार अभियन्ताहरु तथा सञ्चारमाध्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो अभियानको प्रथमचरणमा पाँचवटै विकासक्षेत्रका सरोकारवालाहरुका लागि पहुँचयुक्तता निर्देशिका सम्बन्धी पाँचवटा विकासक्षेत्रस्तरीय अभिमुखीकरण कार्यशाला आयोजना गरिएको थियो । भने दोश्रो चरणमा देशका बीसवटा जिल्लाहरुमा पहुँचयुक्तताको सचेतनाका लागि सार्वजनिक प्रदर्शन गरिएको थियो ।

यस अभियानले सीआईएल काठमाडौंलाई विभिन्न क्षेत्रका सरोकारवालाहरु सहित भौतिक अवरोधमुक्त नेपाल सरकारका कार्यालयहरु निर्माणमा सचेत गराउन, सहयोग गर्न तथा सोही कार्यमा दवाब सिर्जनाका लागि एउटा प्रभावकारी माध्यमको रुपमा रहेको थियो ।