अपाङ्गता भएका व्यक्तिहरूको लागी भुकम्पीय पुर्वतयारी सामाग्री

Published on: June 12, 2017

Female hand holding a pen and writing a plan in a planner

भुकम्पीय पुर्वतयारीका लागि सीआईएल काठमाडौंले भुकम्पीय प्रविधि राष्ट्रिय समाजसँग सुझावमा आधारित मार्गनिर्देश अनुरोध गरेको छ।

गत अप्रिल २०१५ मा गएको विध्वंशात्मक भुकम्प पश्चात पनि नेपाल अझै सम्हालिन सकेको छैन, नेपालीहरु भुकम्पको पुनः संभाव्यतामा उच्च सतर्क छन् साथै भविष्यमा हुनसक्ने भुकम्प तथा त्यसको विध्वंश न्युनीकरणको समाधानका लागि पुर्वतयारीको सचेतना बढ्दोछ ।

सीआईएल काठमाडौंले अपाङ्गताभएका व्यक्तिहरुलाई भविष्यमा आउनसक्ने विपदको जोखिमबाट पूर्वतयारीका लागि अध्ययन श्रोत उत्पादनमा विपद न्युनीकरण व्यवस्थापन विज्ञ तथा भुकम्पीय प्रविधि राष्ट्रिय समाज (नेष्ट) सँग कार्य गरेको थियो ।

यस्ता अध्ययन श्रोतहरुले भुकम्पका लागि तयार कसरी रहने, भुकम्पकालागि कस्तोघर निर्माण गर्ने साथै भुकम्पको बेला र तत्पश्चातको समयमा के गर्ने भन्ने विषयलाई समावेश गरि जानकारी प्रदान गर्दछन् । साथै सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरुको वृहत आवश्यकलाई मध्यनजर गरि आवश्यकताको आधारमा सल्लाह सुझाव समेत प्रदान गरिएको थियो ।

डाउनलोड गर्नकालागि सीआईएल काठमाडौंको वेवसाईटमा रहेको श्रोत (श्रोतबाट हाईपरलिंक) पृष्ठमा जानुहोस ।