स्वावलम्बन जीवन पद्धति कार्यक्रम

Sudip Simkhada sitting on a wheelchair

स्वावलम्बन जीवन पद्धति कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुलाई स्वावलम्बी, सन्तुष्ट तथा आनन्ददायी जीवन यापन गर्न आवश्यकपर्ने साधनहरुद्धारा पुर्ण गराउने लक्ष्य राखेको छ ।

यस कार्यक्रममा ३–४ जना अपाङ्गता भएका व्यक्तिहरु १० दिनसम्म दैनिक सीआईएल काठमाडौंको कार्यालयमा आउँदछन् । उक्त समयमा उनीहरु विभिन्न चरणबद्ध क्रियाकलापमा सहभागी भई सीप, सचेतना लिंदै समुदायमा स्वावलम्बी तरिकाले जीवनयापन गर्ने ज्ञानमा आधारित सिकाईहरु प्राप्त गर्दछन् । जस्तैः मानवअधिकार शिक्षा, दौंतरी परामर्श, व्यक्तिगत सहयोगी तथा सहायक सामाग्री शिक्षा, स्व–स्याहारका तौरतरिकाहरु तथा स्व–वकालत यसका कार्यक्रमका उदाहरणहरु हुन् ।