दौंतरी परामर्श

Two ladies in wheelchair

अनुभवजन्य तथा लघुपरामर्शिक प्रक्रिया हो, जसले समान व्यक्तिगत अवस्था र समस्या भएका व्यक्तिहरुको भेटघाट र कुराकानीलाई सहजीकरण गर्दछ । दौंतरी परामर्श अपाङ्गता भएका व्यक्तिहरुलाई उत्प्रेरित तथा स्वतन्त्र महसुस गराउनका लागि तयार गरिएको हो जसले गर्दा उनीहरु आफ्ना लागि आत्मविश्वासपुर्वक निर्णय लिन सकुन् ।

सीआईएलका अनुभवी कर्मचारीहरुले ईच्छुकहरुको आवश्यकताको लेखाजोखा गर्दै उनीहरुलाई आवश्यक विषयबस्तुमा आधारित कार्यक्रमहरुमा सहभागी गराउँछन् । दौंतरी परामर्शले उनीहरुलाई स्वावलम्बनपूर्वक जीवनयापन गर्न चाहिने आवश्यक सीप सिक्न तथा व्यक्तिगत खुवी उजागर गर्नका लागि प्रेरित गर्दछ । यसले उनीहरुले दैनिक भोग्दै आएका अत्याशलाग्दा सामाजिक र भौतिक अवरोधहरु भत्काउन र जीवनको लक्ष्य प्राप्त गर्नका लागि सशक्तिकरण गर्न महत्वपुर्ण भुमिका खेल्दछ ।