स्वावलम्बन जीवन पद्धति अभियान

a person holding a placard during an advocacy rally

अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्बी जीवन पद्धति भन्नाले उनीहरुका लागि दैनिक आवश्यक विभिन्न किसिमका सहायता (उपकरण, सामाग्री, सेवाहरु) तथा अरु सेवा सुविधाहरुमा अवरोधमुक्त पहुँच जस्तै आवास, गमनशीलता, स्वास्थ्य सेवा, मनोरञ्जन, शिक्षा तथा रोजगारीहरुमा नियन्त्रण बनाउनु हो ।

स्वावलम्बन जीवन पद्धति अभियानको सन् १९६० र १९७० का दशकको बीचमा अमेरिकामा चलेको नागरिक अधिकार आन्दोलन (सिभिल राईट्स मुभमेन्ट्) तथा छनौट, स्वतन्त्रता तथा नियन्त्रणको सिद्धान्तमा आधारित भएर प्रादुर्भाव भएको थियो । मुख्यतः स्वावलम्बन जीवन पद्धति अवधारणाको दर्शनले आफुले छनौट गरेको समुदायमा आफ्नो पूर्ण सहभागिता सहित स्वावलम्बी जीवनयापनमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार तथा सम्मान समेत प्रबर्दन गर्दछ ।