पैरवी/वकालत गर्नुहोस

Photo of a wheelchair user

परिवर्तन ल्याउनका लागि पैरवी/वकालत एउटा महत्वपुर्ण औजार हो, यसमा तपाईं पनि केही गर्न सक्नुहुन्छ!

अपाङ्गता भएका व्यक्तिको रुपमा तपाईं आफ्नो अधिकारका लागि, अथवा एउटा साथीको लागि वा परिवारको सदस्य वा समुदायको सदस्यको रुपमा विभिन्न तरिकाले पैरवी÷वकालत गर्न सक्नुहुन्छ ।

यहाँ केही तरिकाहरु उल्लेख छन्, जसबाट तपाईं, तपाईंको परिवार तथा साथीहरुले अपाङ्गता भएका व्यक्तिहरुका लागि पैरवी/वकालत गर्नसक्नुहुन्छ ।

  • आफ्ना सरोकारहरुको वारेमा विचार गर्नुहोस अथवा तपाईंको समुदायमा भएका अपाङ्गता भएका व्यक्तिहरुसँग कुरा गर्नुहोस ।
  • अपाङ्गता भएका व्यक्तिहरुको भोगाईको बारेमा तथा सम्भावित समाधानको बारेमा कुरा गर्न थाल्नुहोस, प्रश्न उठाउनुहोस र साथी, परिवार तथा समुदायका अन्य मानिसहरुसँग छलफल अन्र्तक्रिया गर्नुहोस ।
  • राजनैतिक प्रणालीलाई लक्षित गरि सम्भाव्य नीतिगत समाधानका कुराहरु प्रस्ताव गर्नुहोस – तपाईंको आवाज सुनिन सक्छ ! यसका लागि प्रदर्शन, चिठ्ठीपत्र लेखन, सञ्चारका सामाजिक माध्यमहरु वा गतिविधिहरु प्रयोग गर्न सकिन्छ । नेपालमा आफ्ना सवालयुक्तआवाज उठान गर्ने र नीतिनिर्माताहरुलाई सुन्ने धेरै माध्यमहरु वा मञ्चहरु उपलब्ध छन् ।
  • तपाईंको घरलाई, कार्यस्थललाई, संस्था वा व्यवसायलाई समावेशी बनाउनु होस ।
  • अपाङ्गता भएका व्यक्तिहरुसँग घुलमिल हुनुहोस– यदि तपाईं आँफै अपाङ्गता हुनुहुन्छ भने अन्य अपाङ्गता भएका व्यक्तिहरुका बारेमा अरुभन्दा फरक रुपमा सोंच्नुहोस । अपाङ्गता एउटा वृहत शब्दावली हो, विभिन्न किसिमका अपाङ्गताहरु वीचको फरकको बारेमा समुदायमा सचेतना अभिबृद्धि गर्नु एकदम आवश्यक छ ।