सुदिपको कथा

Published on: June 8, 2017

Sudip Simkhada sitting on a wheelchair

सुदिप एक तिक्ष्ण तथा साथीत्वको भावना भएको २२ वर्षे केटो हो । उ आमा, भाई तथा बहिनीसँग काठमाडौं उपत्यकामा बसोबास गर्छ र उसले भरखरमात्रै चार वर्षे सुचना व्यवस्थापनमा स्नातकतहको पहिलो वर्ष सकाएका छ ।

सुचना व्यवस्थापन वास्तवमा सुदिपलाई पढ्न मन लागेको विषय नै होईन । उसको सपना त विज्ञान विषय पढ्ने थियो । उ मस्तिष्क पक्षघात भएको व्यक्ति भएको र कलेजको विज्ञान प्रयोगशाला पहुँचयुक्त स्थलमा नभएको कारणले विज्ञान विषय पढ्न सम्भव नभएको हो । उसले हाल अध्ययन गरिरहेको सुचना व्यवस्थापनका बढी विषयका कक्षाहरु कलेजको चौंथो तलामा भएको र दैनिक उसले ह्वीलचियर छाडी घस्रिएर चारतला माथि चढ्नुपर्ने भएकाले उसले आफ्नो शैक्षिक क्यारियरअगाडि बढाउन कटिलो अवरोध सामना गरिरहेको छ । जुन उसका लागि सामान्य जस्तै भएको छ ।

मस्तिष्क पक्षघातले सुदिपको मांशपेशी नियन्त्रण गर्ने क्षमतालाई नै असरपारेको छ, उसका खुट्टाहरु एकैठाउँमा राखिरहनुपर्ने र यताउता सार्नुपर्दा कष्टदायी हुने गरेको छ । उसको शरीरको मांशपेशीलाई न्युनरुपमा नियन्त्रणमा लिन हलचल गर्दा हल्लिने, फर्किने, बोल्दा लरबराउने साथै यताउता हिंड्न सम्भव भएको छैन ।

घरमा उसको आमाले उसलाई सहयोग र हेरचाह गर्नुहुन्छ । उसको अपाङ्गता अशक्त प्रकारको भएकाले उसलाई पुरैसमय सहयोग र हेरचाहको आवश्यकता हुन्छ । सुदिपको अनुसार उसको आमा ६ महिना अगाडि बुबाको निधन भएबाट एकदम तनाबमा हुनुहुन्छ । सुदिपको घरमा चारजनाको सदस्यलाई पालनपोषणगर्न कमाउने र सुदिपलाई सहयोग र हेरचाह गर्ने आमामात्र एकजना हुनुहुन्छ ।

सुदिपलाई सीआईएल काठमाडौंबाट भरखरैमात्र १० दिने स्वावलम्बन जीवन पद्धति कार्यक्रममा सहभागिता राख्नका लागि निमन्त्रणा गरिएको थियो । जुन कार्यक्रममा सुदिपजस्तै अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको जीवनमै पहिलोपल्ट तालिमप्राप्त व्यक्तिगत सहयोगी सेवाको अनुभव गराउनुका साथै व्यवहारिक जीवनका सीपहरु र व्यक्तिगत मानवअधिकारको विषयमा समेत जानकारी प्रदान गरिएको थियो ।

स्वावलम्बन जीवन पद्धति कार्यक्रममा मैले स्व निर्णय कसरी लिने भन्नेविषयमा जान्ने मौका पाएँ, यो मेरो जीवनको महत्वपुर्ण समय हो, सुदिपले भने ।

स्वावलम्बन जीवन पद्धति कार्यक्रम सुदिपका लागि तितोगुलियो जस्तै थियो । उनले कार्यक्रममा अनुभव गरिरहँदा सकारात्मक लागिरहेको थियो तर थाहा थियो कि पारिवारीक आर्थिक कारणले गर्दा घरमा व्यक्तिगत सहयोगका लागि तालिम प्राप्त सहयोगी राख्ने अवसर छैन । उसले घरको काम र आफ्नो हेरचाहबाट सिर्जित आमाको सास्तीका बारेमा दरिलोगरि महसुस पनि गरेको छ । साथै बुबाको निधन भएदेखि आमा प्रायः रोईरहनु हुन्छ र वहाँका लागि जीवन कष्टकर भएको छ ।

हालआएर सुदिपलाई सरकारले अपाङ्गता भत्तास्वरुप रु. २,०००(१९ अमेरिकी डलर) मासिक दिएपनि आमाको कमाईसमेत घरभाडामा खर्च हुने भएकाले सुदिपका लागि सहायक सामाग्री तथा सेवामा खर्च गर्न कुनै रकम बच्दैन ।

सुदिपको कथा एउटा आशा हो । आशा गरौं कि सुदिपको जीवनभरिमा देशको यस्तो अवस्थामा परिवर्तन आओस् र उ आफ्नो पुरै सम्भावनाले भरिएको जीवन स्वावलम्बी तरिकाले बाँच्न सफल होस । यदि सुदिपजस्ता व्यक्तिहरुलाई कलेजमा राम्रो पहुँचयुक्तताको वातावरण तयार गरिएको भए उनीहरु आफ्नो छनौटको विषय पढ्न सक्थे, यदि उनीहरुलाई व्यक्तिगत सहयोगी उपलब्ध गराईएको भए सुदिपकी आमा जस्ताले विना तनाव काम गर्दै आफ्नो सन्तान दुर्घटनाको शिकार हुने जोखिम वा घाईते हुनबाट सुरक्षितहुने कुरामा ढुक्क हुन्थिन, यदि सुदिपजस्तालाई सहायक सामाग्रीको अधिकार भएको भए अझ स्वतन्त्रतापुर्वक हिंडडुल गर्न पाउँथे र यदि सरकारले आर्थिक सहयोग गरिदिएको भए उनीजस्ताको परिवारले घरभाडा तिर्दै कम तनावयुक्त र आरामदायी जीवन व्यतित गर्न पाउने थिए ।